अर्थ

पुँजीबजार लगानीकर्ता संघ झापाले बुझायो प्रधानमन्त्रीलाई पाँच बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघ झापाले प्रधानमन्त्रीलाई आज पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ। नेपाली सेयर बजार कठिन मोडमा पुगेको भन्दै संघले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

सरकार, राष्ट्र बैंक र सरोकारवाला निकायबीच समन्वय र सामञ्जस्यता नहुँदा सेयर बजार धरापमा परेको संघको निष्कर्ष निकाल्दै सोको समाधानका लागि ज्ञापनपत्र बुझाइएको संघका झापा अध्यक्ष कृष्ण कार्कीले बताए। गृहनगर धुलाबारीमा ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले समस्या समाधानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘बोलीमा मात्रै होइन, व्यवहारमै काम र कार्यान्वयन गर्न चाहन्छौँ’, उनले भने, “सरकारले आफैँ चासो दिएर हल गर्नुपर्ने समस्या तपाईँहरुले उठाइरहनुभएको छ, पार्टी र सरकार यो समस्या सम्बोधन गर्ने विषयमा सकारात्मक छ ।’

शसेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर टिकाटिप्पणी गरिँदा समस्या भएको उनको भनाइ छ । सरकारले सेयर बजारमा आकर्षण बढाउने नीति बजेटमा समावेश गरेको उल्लेख गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरसँग छलफल गरेर समस्या समाधानको मार्गप्रशस्त गर्ने आश्वासनसमेत दिए।

संघले बुझाएको ज्ञापनपत्रमा राष्ट्र बैंकद्वारा सेयर कर्जामा लगाइएको ४–१२ करोडको क्याप हटाइनुपर्ने, सेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लगाइएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिइनुपर्ने, काठमाडौंमा आन्दोलनरत पुँजीबजार लगानीकर्ता संघ–संगठनका नेतृत्वसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गरिनुपर्नेलगायतका माग उल्लेख छ ।

संघका महासचिव रमेश लुइँटेलले झापामा मात्रै पाँच लाख जना लगानीकर्ता रहेको जानकारी दिए। संघले लगानीकर्तालाई सुकुम्बासी हुने अवस्थाबाट जोगाउनु पर्नेमा उनले जोड दिए।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...