अर्थ

प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द

काठमाडौं ।  गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमर्स्याङ्दी-मर्स्याङ्दी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ ।

प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ३० मेगावाटको न्यादी विद्युत गृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । ती विद्युत गृहबाटमा आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी-मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युत गृहबाट विद्युत् उत्पादन स्वतः बन्द हुने छ ।

पहिराले मध्यमस्र्याङ्दी-मस्र्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्ष २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ ।

आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका विद्युत गृहबाट उत्पादित विद्युत् पनि बन्द हुने छ ।

वैकल्पिक व्यवस्थामार्फत उपभोक्तालाई बिजुली

करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने छ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुने छ । आज आइतबार करिब साढे २०० मेगावाट मात्रै विद्युत् निर्यात हुने छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...