अर्थ

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ ।

ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।

मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिए ।

सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैंक एकापसमा गाभिएपछि सबैभन्दा ठूलो बैंक बन्नेछ । एकापसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहने बताइएको छ ।

आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । दुई बैंक एक आपसमा गाभिएपछि बन्ने बैंकको कूल चुक्तापूँजी रु ३२ अर्ब ८१ करोड हुनेछ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...