अर्थ

पूजा इन्टरनेसनलले नक्सालमा सञ्चालनमा ल्यायो नयाँ सोरुम

काठमाडौं । नेपाल लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै पूजा इन्टरनेसनलले काठमाडौंको नक्सालमा ५ तारे अत्याधुनिक सुविधासम्पन्न सोरुम आजबाट सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमा जर्मनीका राजदूत थामस प्रिज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन बहादुर कुँवर, विशाल अग्रवालको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमा बोल्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले भने ‘नक्सालमा जर्मनीको जस्तै अध्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवानको गाडी खरिद गर्न अझ सजिलो बनाउने छ ।’

उक्त सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि अकर्षक अफ पनि ल्याएको विजुक्छेले जानकारी दिए । उनका अनुसार दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकलाई फ्री सर्विसिङ र free consumables  पाउनेछन् ।

नेपालमा फक्सवानका १० भन्दा बढी र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

कति छ मुद्राको मूल्य?

कति छ मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...