अन्तर्राष्ट्रिय

श्रीलंकामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । श्रीलंकामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् ।

श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक संकट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिइएको जनाएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग मंगलबार भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर स्वदेश आउने अनुमान गरिएको जानकारी दिएका छन् ।

बैठकमा जाफ्ना विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् । प्रधानमन्त्री विक्रमासिङ्घेले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र नयाँ नयाँ भ्रमण प्याकेजहरु बनाउन सुझाव दिएका थिए ।

त्यसैगरी पर्यटकहरुलाई दिइने सेवा सुविधालाई गुणस्तरीय, विविधता र सन्तुष्टिपूर्ण बनाउन पनि उनले आग्रह गरेका थिए । पर्यटन उद्योगलाई महत्वपूर्ण उद्योग बनाउदै आएको श्रीलंकाले कोरोना भाइरसको महामारीका कारण थिलो थिलो भएको पर्यटन उद्योगलाई फेरि सक्रिय बनाउने कसरत थालेको छ ।

श्रीलंकामा अहिले आर्थिक संकट उत्पन्न हुनुमा महामारीका बेला पर्यटन उद्योगमा ठूलो घाटा लाग्नुलाई पनि मुख्य कारण मानिन्छ । आर्थिक संकटका कारण श्रीलंकामा राजनीतिक उथलपुथल भएको छ भने अहिले पनि मूल्य बृद्धि र अभाव सृजना भएको छ ।रासस/सिन्ह्वा

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...