नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा अब डाटा शुल्क नलाग्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी मिति २०७९ असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमविच सम्झौता भएको बैकका प्रवक्तारसहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुुमार अधिकारीले बताए ।
सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता अनुशार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख श्री संजिब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु श्री खगेन्द्र बहादुर श्रेष्ठ र श्री रंजित लोहिया लगायतको पनि उपस्थिति रहेको थियो ।
बैंकले २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यस बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...
सेयर बजारमा हरियाली
काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...
दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
काठमाडौँ। दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख...
यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने
काठमाडौँ। यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको...




