अब ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्स’ काहुँखोलामा
पोखरा । पोखरा-१३ काहुँखोलामा ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्स’को फ्याक्ट्री स्थापना भएको छ । फ्याक्ट्रीको उद्घाटन आइतबार हुने सञ्चालक युवा व्यवसायी रोहनजंग कार्कीले जानकारी दिए ।
कम्पनीले यस अगाडि पोखराको लेकसाइडबाट सेवा प्रदान गर्दै आइरहेको थियो । फ्रोजन मःमका विभिन्न परिकारहरु अर्डर अनुसार होम डेलिभरी सेवा अब फ्याक्ट्रीबाटै प्रदान हुने कार्कीले जानकारी दिए ।
‘पोखरा तथा आसपासका क्षेत्रलाई लक्षित गरी सेवा सुरु गरेका हौं,’ कार्कीले भने, ‘हामीले गुणस्तरीय फ्रोजन मःम बनाइरहेका छौं ।’
प्याकेजिङ चिकेन मःम, बफ मःम, पोर्क मःम, पनिर मःम पाउनुका साथै अर्डर अनुसारका मःमका परिकार फ्याक्ट्रीमा बनाइने कार्कीले जानकारी दिए । होम डेलिभरी सेवा निःशुल्क हुन्छ ।
‘स्वच्छ खाजाका लागि हामीसँग मःम अर्डर गर्न सक्नुहुन्छ,’ उनले भने, ‘राम्रो सेवा तथा गुणस्तरीय खानेकुरा हाम्रो प्राथमिकता हो ।’ दैनिक हजार प्लेटसम्म मःम बनाउन सकिने गरी फ्याक्ट्री स्थापना भएको कार्कीले जानकारी दिए ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




