अर्थ

साताको सेयर : नेप्से १९ सय ७१.३८ अंकमा सीमित, जम्मा कारोबार ५ अर्ब ५९ करोड

काठमाडौं । सातामा नेप्से १९ सय ७१.३८ अंकमा सीमित भएको छ। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१.१४ अंकमा सिमित भएको छ ।

यो साता कुल दुई सय ३२ कम्पनीको एक लाख २३ हजार नौ सय २९ पटकको कारोबारमा एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

गत साता नेप्सेमा दुई सय ३१ कम्पनीको एक लाख ३४ हजार नौ सय ३० पटकको कारोबारमा दुई करोड पाँच लाख ९५ हजार एक सय ९५ कित्ता सेयर खरिद-बिक्री हुँदा ६ अर्ब ५९ करोड ३३ लाख ६३ हजार एक सय २६ रुपैयाँको कारोबार भएको थियो।

नियमित कारोबारका लागि नेप्से सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये चार कार्यदिन लगातार नेप्से घटेको थियो भने चौथो कार्य दिन मात्र नेप्से बढेको थियो । सोही आधारमा यो साता कारोबार रकम गत साताको तुलनामा घटेको हो ।

कारोबार भएको पाँच कार्य दिनमध्ये पहिलो दिन १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि सात दशमलव ५६ अंकले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ खुम्चिएको थियो । यसबीचमा चौथो दिन बाहेकका बाँकी दिनमा लगातार नेप्से घटेको थियो ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...