अर्थ

उद्योगमन्त्री बडूद्वारा ई-कमर्श साइटको उद्घाटन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले ई-कमर्श साइटको शुभारम्भ गरेका छन ।

नेपालका लघु, घरेलु तथा साना उद्योग र उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको डिजिटल प्रविधिबाट प्रदर्शनी तथा व्यापार प्रवद्र्धन गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघद्धारा स्थापित Virtual Exhibition and Trade Show तथा e-commerce site www.msmenepal:com को शुभारम्भ गरिएको हो ।

नेपालीबाट नेपालीकै लागि विकास गरिएको निःशुल्क डिजिटल बजारका सम्बन्धमा अम नेपाली उद्योगी व्यवसायीको बीचमा पुर्‍याउने उद्देश्यले ई-कमर्श साइट बजारमा ल्याइएको हो ।

नेपालमा उत्पादित सामानलाई अन्तराष्ट्रिय स्तरमा बिक्रि र प्रबर्द्धन गर्ने उद्देश्यले यो साइट सुरु गरिएको हो ।नेपालमा रहेका लघु तथा घरेलु साना उद्योगले बनाएका सामानहरु यस साइटमा पाइन्छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...