लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिइन्, हत्या वा आत्महत्या भन्ने शंका
लोकदोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छन् ।प्रहरीले काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा सुनार मृत भेटिएको जनाएको छ ।
दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । सुनारको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबार साँझ दिलमायाको कोठामा एक व्यक्ति गएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नाम भने खुलाएको छैन् ।
पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।
पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।उनका एक छोरा भए पनि सुर्खेतमै बस्दै आएका छन् ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




