अर्थ

नेपालमा सार्वजनिक भयो टिभिएस अपाचे आरटिआर १६० ४-भी

काठमाडौं । काठमाडौंको ललितपुर माहालक्ष्मी स्थानस्थित टिभिएस वितरक यूनिराइड मोटर्सले BS-6 मोडलको टिभिएस अपाचे आरटिआर 160 4V आरटिएफआइ नेपालमा सार्वजनिक गरेको छ ।

युनिराइड मोटर साइकल प्रालि महालक्ष्मी स्थान र रेश अटो प्रालि  कुमारीपाटीमा स्वरुममा एक कार्यत्रम गरी सार्वजनिक गरिएकाे हाे ।

महालक्ष्मी स्थानको स्वोरुममा  नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले गरे भने ललितपुरस्थित कुमारीपाटीको स्वरुममा  बर्गर हाउसका संचालक बसन्त लामाले  सार्वजनिक गरेका हुन्  ।

टिभिएस अपाच्ये आरटिआर 160 4V आरटिएफआइका तीन राइड मोडहरु उपल्बध रहेका छन् । जसमा रेवन आर्बन र स्र्पोट मोडलका हुन् । टिभिएसको ब्राडको पहिलो र उत्कृष्ट फिचर सहित बजारमा ल्याइएको छ ।

मोटरसाईकल स्पोर्ट मोडमा 17=15PS@9250rpm   र अर्बन रेन मोडमा15=64PS@8600rpm पावर उत्पादन गर्छ भने स्पोर्स मोडमा 14=17NM @ 7250rp र आर्बन मोडमा 14=14NM @7250rpm टर्क उत्पादन गर्छ ।त्यस्तै राइडमोडहरुले पावर र सेटिङहरुलाई कुनै पनि सवारी अवस्थामा अनुकुल बनाएर राइडरलाई साहायता समेत गर्ने युनिराइड मोर्टस प्रालिका सञ्चालक निर्मल सिग्देले बताए ।

साथै सिग्देलले रेस ट्युन्ड फ्युल इन्जेक्सन RTFI प्रविधिको BS-6 अनुरुपको इन्जिन रहेको छ । उनले भने ‘जसले राम्रो इन्धनको र अर्थतन्त्र , विस्तारीत पावर डलिभरी , इन्जिनको स्थायित्व सुधार उत्सर्जन नियन्त्रणमा मदत गर्छ ।’ त्यसैले गर्दा यो प्रविधिले मोटर साइकलाई टिकाउ र वातावरण मैत्री बनाउन पनि मदत गर्न सहयोग गर्ने बताए ।

केही दिन अघि मात्रै उक्त मोटर साईकल लन्च गरिएको थियो । यस्ता छन् मोटरसाईकलको विशेषता फोरभी आरटीएफआई मा तीन राइड मोडका विशेषताहरु रहेका छन् । सो मोडहरु मध्ये स्र्पोट मोड, रेन मोड र अर्बन मोड उपलब्ध छन्। रेस ट्युन फ्युल इनजेक्सन प्रविधिको बिएस भिआई इन्जिन रहेकाले इन्जिन नियन्त्रणमा सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ । चालककालागि स्मार्ट फोन तथा ब्लुतुथ जडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...