खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैँजू चयन
काठमाडौं । खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि नूरकाजी सैँजू चयन भएका छन् ।
एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा जिल्ला अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन भएका हुुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनले सैँजूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
एकेडेमीको वरिष्ठ उपाध्यक्षमा भीम राई, उपाध्यक्षमा भीषण राई, कृष्णकुमार श्रेष्ठ, सुवास श्रेष्ठ, महासचिवमा शैलेन्द्र बजिमय, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा रोशेष श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरूमा रसा प्रदान, सुचन राई, रोशन राई, अशोक केसी, रुपेश बजिमय र सन्तोष जोशी रहेको छ । तीन जना सदस्यलाई भने जिल्ला कार्यसमितिको पहिलो बैठकले मनोनित गरेर ल्याउने जनाइएको छ ।
एकेडेमीको प्रथम साधारणसभा तथा अधिवेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका विभिन्न फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो ।
खेल क्षेत्रको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको एकेडेमीले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यावसायिक बनाउने उद्देश्यले नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालिम दिँदै आएको छ ।
एकेडेमीले उत्पादन गरेको खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालिमका लागि राजधानी काठमाडौं पठाउने गरिएको छ ।
गत वर्ष सात जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालिमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले व्यहोर्ने गरी काठमाडौंको नयाँ बानेश्वरस्थित प्रिमियर कलेजले लगेको छ ।
विगत तीन वर्षदेखि निरन्तर तालिम गराउँदै आएको एकेडेमीबाट गत वर्ष नै एन्फामा सात जना खेलाडी पठाइएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए ।
यसअघि एकेडेमीमा तालिम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लबबाट १८ वर्षमुनिका खेलाडी समूहमा आवद्ध छन् । जिल्लामा फुटबल खेलको व्यावसायिक विकासमा लागेको एकेडेमी जिल्ला लिगमा दोस्रो भएको थियो ।
एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ । लिभरपुल फ्यान्स नेपालले गत यस वर्ष ३० जोर जर्सी, ३० वटा फुटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौंले २० जोर जर्सी र १० फुटबल उपलब्ध गराएको अध्यक्ष सैँजूले बताए ।
जिल्लामा फुटबल खेलप्रति बालबालिका आकर्षित भए पनि सम्बन्धित निकायले चासो नदिएको सरोकारवाला पक्षले आरोप लगाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा जिल्ला खेलकुद विकास समिति क्रियाशील रहे पनि फुटबल खेललाई चासो नदिएको खेलाडीको गुनासो छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




