कला

माधव विष्टको देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक

काठमाडौं । ‘यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो ।

गीतका परिकल्पनाकार आफै रहेका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोरेका हुन् । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट र गौरी भट्टले आवाज दिएका हुन् ।

उक्त गीतको भिडियोलाई संगीत विकल्पले निर्देशन गरेका हुन् भने अमन बडूले छायांकन गरेका हुन् । मनोज डङ्गोलले रेकर्ड तथा मिक्सिङ गरेका छन् ।

गीतमा सर्जक विष्ट, आशा शाही, भुवन बडू र टेक ऐरले अभिनय गरेका छन् ।‘घर छैन आँसुको’, ‘सुदूरपश्चिम स्वर्गसरी’, ‘जन्म्याभूमि फर्केर आइग्यु दोगडाकेदार’, ‘न्याउली’ जस्ता दजनौँ गीतको सिर्जना गरिसकेका विष्टले यो गीत पनि फरकपनका साथ तयार पारिएको बताए ।

पछिल्लो समय टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सम्बन्धमा आउने उतार चढाव, मिलन, विछोडलाई गीतमार्फत प्रस्ततु गरिएको सर्जक विष्टको भनाइ छ ।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...