अर्थ

एकैदिन तोलामा १ हजार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं  । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एकैदिन १ हजार ६सय रुपैयाले घटेको छ ।

आज तोलामा १६ सय रुपैयाँले घटेसँगै छापावाला सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा रु ३० रुपैयाँ घटेको छ ।

आज तोलामा ३० रुपैयाँ घटेसँगै चाँदी  तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार तोकिएको महासंघले जानकारी दिएको छ । हिजो चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...