‘स्वदेशी मसला उत्पादनलाई प्राथमिकता दिने वातावरण राज्यले नै बनाउनुपर्छ’
श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स (श्री बिआइइटी) उद्योगले एनडिएच ब्राण्डमा मसला उत्पादन गर्दै आइरहेको छ । नेपाललाई मसलामा आत्मनिर्भर बनाउने लक्ष्यसहित उद्योगले मसला उत्पादन गरिरहेको बताउँछन् प्रमुख कार्यकारी अधिकृत केम्स सिंह । यो ब्राण्ड विदेशस्थित विभिन्न देशमा समेत निर्यात हुँदै आइरहेको छ । यसैक्रममा एनडिएच मसलाका विशेषता, बजारको अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर सिंहसँग खबर सेवाले गरेको कुराकानी :
एनडिएच मसला कति भेराइटीमा उत्पादन हुँदै आइरहेको छ ?
हामीले बिगत ७ वर्षदेखि एनडिएच ब्राण्डको मसला उत्पादन गर्दै आइरहेका छौं । श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स ९श्री बिआइइटी० उद्योगमार्फत एनडिएच ब्राण्डमा मसला उत्पादन गरिरहेका छौं । हामीले अहिले ५५ वटा भेराइटीमा मसला उत्पादन गरिरहेका छौं । नेपालमा करिब १ सय वटा डिलरमार्फत हामीले मसला बिक्री गरिरहेका छौं । देशभरको मुख्य बजारमा हाम्रो मसला छरिएको छ ।
नेपाली बजारमा एनडिएच मसलाको माग कस्तो छ ?
नेपाली ब्राण्डको मसलाबाट नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यतासहित एनडिएच ब्राण्डमा मसलाहरु हामीले उत्पादन गरिरहेका छौं । पछिल्लो समयमा आक्रामक रुपमा बजार बिस्तार गरिरहेका छौं । हामीले अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय उत्पादन बजारमा ल्याएका छौं । स्वदेशी बजारसँगै विदेशमा पनि मसलाको माग राम्रो छ ।
विदेशमा कुन–कुन देशमा मसला निर्यात हुँदै आइरहेको छ ?
अमेरिका, अष्ट्रेलिया, दुवई, कतार, फ्रान्स, जापान, युके, क्यानडा लगायतका देशमा मसला निर्यात हुँदै आइरहेको छ । विदेशमा राम्रो भोलुममा मसला निर्यात भइरहेको छ । निर्यातको क्रमलाई अझै बढाउने तयारीमा हामी छौं ।
एनडिएच मसलाका उपभोक्ताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
उपभोक्ताले एक पटक प्रयोग गरिसकेपछि पुनः एनडिएच मसला नै प्रयोग गरेको पाएका छौं । उहाँहरुको प्रतिक्रियाबाट हामी उत्साही छौं । हामी सधैं गुणस्तरीय उत्पादनमा प्रतिबद्ध भएर लागिरहेका छौं ।
बजारमा अझै पनि विदेशी मसलाको बलियो उपस्थितिले बजार विस्तारमा समस्या सिजर्ना भएको छ कि छैन ?
हामीले विदेशबाट आयात गरिएका मसला लगायतका प्रडक्टसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । पछिल्लो समयको व्यापार घाटालाई समेत मध्यनजर गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने वातावरण बनाउन राज्य नै लाग्नुपर्ने आवश्यकता देखेको छु । विदेशी मसला नआएपनि नेपाली मसलामा नै हामी आत्मनिर्भर बन्न सक्ने अवस्था छ । विदेशी मसला भन्ने वित्तिकै राम्रो क्वालिटीको हुन्छ भन्ने भ्रम पनि कतिपय उपभोक्तामा देखिन्छ । हामीले विदेशी मसलाको भन्दा राम्रो क्वालिटीमा स्वदेशी उत्पादन गर्दै आइरहेका छौं । नेपाली उद्योगहरुबीच स्वच्छ प्रतिस्पर्धा हुनु स्वभाविक नै हो । तर, नेपाली कम्पनीहरुले आपसमा अस्वस्थ प्रतिस्पर्धा गर्ने र विदेशी प्रडक्टहरुको दबदबा बढ्दै जान्छ भने त्यो देश र स्वदेशी लगानीकर्ताहरुको हितमा हुँदैन ।
एनडिएच मसलाको मुख्य विशेषता केके छन् ?
गुणस्तर नै यसको मुख्य विशेषता हो । आइएसओ ९००१ स् २०१५, आइएसओ २२००० स् २००५, एचएसिसीपी, हलाल र एफडिएबाट मान्यता प्राप्त ब्राण्ड हो । नेपालका विभिन्न ठाउँमा उत्पादित कच्चा पदार्थको प्रयोग गरी मसला उत्पादन गरिएको छ । उद्योगमा नविनतम प्रविधिको प्रयोग छ । धेरै भेराइटीमा मसला उत्पादन पनि गर्दै आइरहेका छौं ।
स्वदेशी उत्पादनको बिक्री कसरी बढाउन सकिएला ?
नेपालमा जुन प्रडक्ट छैन त्यो प्रडक्टलाई आयात गर्नुपर्छ । तर, नेपालमा प्रयाप्त मात्रामा उत्पादन भएको बस्तुलाई यहीँ प्रोत्साहन गर्नुपर्छ । स्वदेशी उत्पादन नै प्रयोगको वातावरण बनाउनतर्फ सरकारको ध्यान जान आवश्यक छ । व्यापार घाटा कम गर्न पनि यसले सघाउँछ ।
मसलाबाहेक कुनकुन प्रडक्ट उत्पादन गर्दै आउनुभएको छ ?
एनडिएच चिप्स र क्रन्ची उत्पादन गर्दै आइरहेका छौं । यसका लागि आफ्नै नाइट्रोजन प्लान्ट स्थापनासमेत स्थापना गरेका छौं । अब छिट्टै सोयाबिन पनि ल्याउने तयारी भइरहेको छ । फुरनदाना र दालमोठको उत्पादन सुरु गर्ने तयारीमा छौं ।
अन्त्यमा के भन्नुहुन्छ ?
एनडिएच मसला स्वदेशी उत्पादन भएकाले सम्पूर्ण नेपाली उपभोक्ताले मन पराइदिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । स्वदेशी उत्पादनको प्रयोग बढेमा लगानीकर्ताहरुमा पनि लगानीमा उत्साह थपिनेछ । नेपाललाई मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी छौं । हाम्रो अभियानमा तपाईं उपभोक्ताहरुको साथ छ । राज्यले पनि स्वदेशी उत्पादनको प्रयोग बढाउँदै आयातलाई घटाउनतर्फ जोड दिनुपर्छ ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)
नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष...
इरानले बन्द गर्यो होर्मुज समुद्री जलमार्ग
काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...
“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”
कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...
नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का
प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...




