राजनीति

कामको विवरण बुझाउन मन्त्रीलाई प्रचण्डको निर्देशन

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए/गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेर देश र जनताको पक्षमा भए/गरेका सकारात्मक कामको विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिए ।

विसं २०७८ असार २९ गते गठन भएको वर्तमान गठबन्धन सरकारमा माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् ।

यसमध्ये बजेट निर्माणको अन्तिम दिन अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले बुधबारमात्रै राजीनामा दिएको छ । मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीका रूपमा बोधमायाकुमारी यादव पनि सहभागी छन् ।

अध्यक्ष दाहालले वर्तमान सरकारमा माओवादीका तर्फबाट महत्वपूर्ण काम भएको भए पनि त्यसको व्यापक मात्रामा प्रचार–प्रसार हुन नसकेकामा चिन्ता व्यक्त गरेका थिए ।

उनले विपन्न नागरिकलाई २० युनिटसम्म बिजुली महसुलमा छुट दिने, आर्थिक वृद्धि र विकासमा दिइएको जोड तथा शिक्षा, भूमिलगायतका विषयमा मन्त्रीहरूले गरेको काम महत्वपूर्ण रहेको बताए ।

उनले आफूले गरेका कामको सम्पूर्ण विवरण उपलब्ध गराउन मन्त्रीहरूलाई निर्देशन दिँदै देश र जनताको पक्षमा बढीभन्दा बढी इमान्दार भएर काम गर्न आग्रह गरे ।

यस्तै अध्यक्ष दाहालले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा पार्टीको संगठन कमजोर हुनुको कारण खोजिने दृढटा व्यक्त गरे । त्यसको अध्ययनका लागि एक समिति बनाइनेछ । त्यस्तै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा भएको विवाद समाधानका लागि पनि विशेष पहल गरिने बताए ।

उहाँले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुको पछाडि अन्तर्घात पनि एउटा कारण भएकाले त्यसको खोजबिन गरिने बताए । त्यसका लागि अनुशासन आयोगलाई जिम्मा दिइने उनको भनाइ छ । अध्यक्ष दाहालले माओवादीले छिट्टै विशेष महाधिवेशनको आयोजना गर्ने समेत त्यस अवसरमा जानकारी दिएका थिए ।

उनले पार्टीको क्रान्तिकारी चरित्र निर्माण गर्ने तथा संर्षका कार्यक्रमलाई प्रमुख प्राथमिकताका साथ सञ्चालन गर्ने योजनासमेत ल्याइने बताए ।

अध्यक्ष दाहालको सम्बोधनपछि केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठकमा उनले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । केन्द्रीय समितिको बैठक जारी छ ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...