‘विभेदरहित र मानवअधिकारमैत्री समाज बनाउनुपर्ने’
काठमाडौं । सांसद राज्यलक्ष्मी गैरेले विकृति, विसंगतिरहित समाज निर्माणका गरी मानव अधिकारमैत्री र विभेदरहित समाज निर्माणमा ध्यान दिन अग्रह गरेको छ ।
राष्ट्रियसभाको आजको विशेष समयमा उनले नेपालको संविधान र कानुनले हिंसारहित समाजको परिकल्पना गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा मानव अधिकारमैत्री समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
“एकै दिनमा दुई २४ वर्षीय युवतीले आत्माहत्या गरे, आत्महत्या गर्ने दिनप्रतिदिन बढ्दै गएका छन्”- सांसद गैरेले भने, “महिला सहभागिता र आत्मनिर्भर बनाउने कुरा गरिरहेका छौँ, हिंसारहित समाजको निर्माण बनाउन कानुन पनि बनाइरहेका छौँ तर किन कम भएन सरकारले अध्ययन गर्नुपर्छ ।”
युवालाई रोजगार दिने विषयमा राज्यले सोच्नुपर्ने र विभेदरहित समाज निर्माण गर्न मानव अधिकारमैत्री, सभ्य समाज निर्माण गरी विभेद उन्मूलन गर्नुपर्नेमा उनको जोड थियो ।
सांसद तुलप्रसाद विश्वकर्माले पेट्रोलियम पदार्थ र खाद्य सामग्रीमा दैनिक महँगी बढ्दै गएको र नियन्त्रण गर्ने कुरामा ध्यान नगएकोप्रति सरकारको ध्यानाकषर्ण गराए । ।
महँगीका कारणले विकास निर्माणका सामग्रीको मूल्य पनि अत्याधिक बढ्दै गएको र व्यापार घाटा दैनिक बढ्दै जाँदा देश आर्थिक संकटमा पर्ने अनि देशको युवाशक्ति पयायन हुने कुरालाई रोक्नुपर्नेमा उनको जोड थियो ।
सांसद भगवती न्यौपानेले गण्डकी प्रदेश सरकारले दिवङ्गत बाबुको नाममा ५० लाख विनियोजन गर्नु र सांसदहरुले आ-आफ्नो परियोजनाका लागि रकम छुट्याउनाले जनताको संघीयताप्रति आक्रोस पैदा भएको छ भने ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




