केतन क्षत्रीको ‘पन्छी’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ । यस गीतमा गायक केतन क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ ।
सो भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको संगीत रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय हेर्न पाइन्छ ।
‘उड मेरो पन्छी पखेटालाई थाम्दै’, ‘सपना तिम्रो आकाश छुने, स्वतन्त्र भई…’, ‘मलाई छोडी तिमी आफ्नो…’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । सुजन श्रेष्ठले छायांकन गरेको सो भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।
मुनाल शिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको जनाइएको छ । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन दर्शक श्रोतालाई आग्रह गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




