समाचार

भोलिदेखि काठमाडौंको फोहोर पुनः संकलन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि पुनः संकलन हुने भएको छ । महानगरले सूचना जारी गरी एक सातादेखि अवरुद्ध फोहोर संकलन बिहीबारदेखि पुनः शुरू हुने जानकारी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले सूचना जारी गर्दै फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर संकलन हुने जानकरी दिएका छन् ।

जारी सूचनामा भनिएको छ‚ ‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईहरूको पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म पुर्‍याई सुरक्षित रुपमा घरभित्र राखिएका फोहोरमैला संकलन गर्ने कार्यमा सहयोग पुर्‍याइदिन हुन विनम्रताका साथ अनुरोध छ।’

फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि काठमाडौं महानगरसहित उपत्यकाका १८ स्थानीय तहको फोहोर संकलन रोकिएको थियो।

सम्बन्धित समाचार

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...

सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा। झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारीसाधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ। जिल्ला प्रहरी...