विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका-२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा गएको पहिरोले पुर्याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन् ।
उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।
उनले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिएका हुन् । गएराति म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ ।
अन्य व्यक्ति बेपत्ता छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी जारी रहेको बताए । यता नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए ।
मुग्लिङ–नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने कार्य भइरहेको प्रजिअ तामाङले बताए । सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले चालकलाई रुट परिवर्तन गर्न भनिएको छ ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




