अर्थ

मिसियोले सञ्चालनमा ल्यायो तेस्रो शोरुम जावलाखेलमा

ललितपुर । ललितपुरको जावलाखेलमा मिसियोको तेस्रो शोरुम सञ्चालनमा आएको छ । उग्रचण्डी मन्दिरको आडैमा सञ्चालनमा आएको शोरुमको मंगलबार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, इजरायल र साइप्रसका पूर्व राजदूत डा. अञ्जन शाक्य र उग्रचण्डी माई संरक्षण समिति (ताम्राकार समाज) का अध्यक्ष बिनोद ताम्राकारले शोरुमको उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रतिष्ठित ब्राण्ड मिसियोको शोरुम जावलाखेलमा सञ्चालनमा आएसँगै राम्रो ब्राण्ड मन पराउने ग्राहकहरु लाभान्वित हुने सञ्चालक रज्जु रञ्जितकारले विश्वास व्यक्त गरिन् ।

यसअघि मिसियोको शोरुम काठमाडौंको नयाँ बानेश्वर र सिभिल मलमा सञ्चालनमा छन् । नयाँ शोरुम उद्घाटनको अवसरमा मिसियो ब्राण्डका कपडा खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै मिसियोले समय-समयमा विभिन्न अफरहरु ल्याउँदै आइरहेको छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION)को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ ।

शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । ‘छोटो समयमा मिसियो ब्राण्ड नेपाली बजारमा लोकप्रिय भएको छ,’ रञ्जितकारले भनिन्, ‘हामी हाम्रा ग्राहकको सेवामा समर्पित छौं । राम्रो ब्राण्ड खरिद गर्दा ग्राहक खुसी हुने गरेको पाएका छौं ।’

सबै उमेर समूहका लागि आवश्यक पर्ने कपडाहरु शोरुममा उपलब्ध छन् । फेसनेवल कपडा मन पराउनेहरुको विशेष आकर्षण शोरुममा हुने गरेको रञ्जितकारले जानकारी दिइन् ।

 

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...