अर्थ

सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा

काठमाडौं । सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा सञ्चालनमा आएको छ । शोरुमको शनिबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन भयो । शोरुमका सञ्चालक सुमन बस्नेतका आमा विष्णुमाया बस्नेत र चिनियाँ लगानीकर्ता वाङ जुजुङ्गले उद्घाटन गरेका हुन् ।

सनराइज फर्निचर स्वदेशी ब्राण्ड हो । नेपाली र चिनियाँ व्यवसायीहरुको संयुक्त लगानीमा सनराइज फर्निचरको फ्याक्ट्री १४ वर्ष अगाडि स्थापना भएको थियो । यस अगाडि ढल्कु र जडिबुटीमा २ वटा शोरुमसमेत स्थापना भएर सेवा प्रदान भइरहेको छ ।

कम्पनीले आकर्षक शोरुमसहित नयाँ बानेश्वरमा तेस्रो शाखा स्थापना गर्न सफल भएको छ । ४ वटा तलामा विविध प्रकारका फर्निचर सामग्री सजाइएको छ । ग्राहकले आफ्नो रोजाई अनुसारको फर्निचरहरु शोरुमबाट अर्डर गर्न सक्ने सञ्चालक सुमन बस्नेत बताउँछन् । नेपालमा काठको फर्निचरमा ‘नम्बर वान’ बन्ने लक्ष्यसहित कम्पनीले सेवा प्रदान गरिरहेको बस्नेत बताँउछन् । ‘गुणस्तरिय फर्निचर आवश्यक पर्ने ग्राहकले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ,’ बस्नेतले भने ।

यसैबीच, शोरुम उद्घाटनको अवसरमा कम्पनीले ३ दिनसम्म विशेष छुट अफर ल्याएको छ । अफर अन्तर्गत ३० प्रतिशतसम्म छुट प्रदान हुने कम्पनीले जनाएको छ । उद्घाटन अफर साउन २३ गतेसम्म लागु हुनेछ ।

क्वालिटी, फिनिसिङ, राम्रो काठको छनोट, राम्रो प्लाइको प्रयोगले सनराइज फर्निचरका सामान निकै आकर्षक र बलियो हुने बस्नेत बताउँछन् । ‘ग्राहकको अर्डर र डिजाइनअनुसारको फर्निचर सामग्री तयार हुन्छ,’ उनले भने । सनराइज नेपालमै बनेको फर्निचर ब्राण्ड भएकाले धेरैको रोजाईमा पर्ने गरेको र आगामी दिनमा अझै बढी बिक्री हुनेमा आफूहरु विश्वस्त रहेको बस्नेत बताउँछन् ।

शोरुममा अफिस फर्निचर, कस्टम फर्निचर, किचन फर्निचर, स्टोरेज फर्निचर, होटल तथा रेष्टुरेन्ट फर्निचर, लिभिङ रुम फर्निचर, बेड रुम फर्निचर लगायत ग्राहकले आफ्नो आवश्यकता अनुसारको फर्निचर शोरुममा अर्डर गर्न सक्ने बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...