अर्थ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अंकले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ७६ अंकले ओरालो लागेर तीन सय ८७ दशमलब ९० मा ओर्लेको छ । कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर रु एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ मा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ आठ दशमलब ८७, व्यापार ४७ दशमलब ६९, होटल तथा पर्यटन २१ दशमलब १७, विकास बैंक ४७ दशमलब ४७, जलविद्युत् ४५ दशमलब २१, वित्त ४५ दशमलब एक, निर्जीवन बीमा ५२ दशमलब ८५, उत्पादन १९० दशमलब ७३, अन्य १६ दशमलब ५९, लघुवित्त ५० दशमलब पाँच, जीवन बीमा २३३ दशमलब ६८, सामूहिक लगानी कोष शून्य दशमलब १२ र लगानी एक दशमलब ८५ अंकले ओरालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ७० अर्ब ५५ करोड ९१ लाख चार हजार आठ सय ८३ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु १६ करोड ५३ लाख ९६ हजार पाँच सय १४ बराबरको कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड २९ लाख ११ हजार एक सय सात, शिवम् सिमेन्ट रु आठ करोड २० लाख २५ हजार सात सय ५४, स्वाबलम्बन लघुवित्त रु छ करोड ६१ लाख एक हजार ६० र नबिल बैंकको रु चार करोड ४४ लाख २७ हजार एकसय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार अप्पर हेवा खोला आठ दशमलब १०, कालिका पावर कम्पनी दुई दशमलब ८८, सामलिङ पावर कम्पनी दुई दशमलब ४४, सिटिजन म्युचुअल फण्ड एक दुई दशमलब ३६ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलब शून्य एक प्रतिशतले कमाएका छन् ।

त्यस्तै गुराँस लघुवित्त सात शून्य दशमलव नौ, हिमालयन डिस्टिलरी छ दशमलब १०, इमर्जिङ नेपाल पाँच दशमलब ८३, नेपाल लाइफ इन्स्योरेन्स पाँच दशमलब ७५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले पाँच दशमलब ३७ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...