अर्थ

लक्ष्यभन्दा कम राजस्व संकलन

काठमाडौं । धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।

कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व संंकलन गर्ने लक्ष्य लिएकामा रु तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो ।

कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी संकलन भएको छ । आयकरतर्फ रु एक अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिइएकामा रु एक अर्ब ४० करोड, ९२ लाख चार हजार संकंलन भएको छ ।

स्वास्थ्य सेवा करतर्फ रु पाँच करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य लिइएकामा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात रु नौ करोड ३७ लाख छ हजार संकलन भएको छ ।

घर बहाल करतर्फ रु चार करोड ३७ लाख ३४ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ७७ लाख २६ हजार संकलन भएको छ । ब्याज करतर्फ रु चार करोड ९७ लाख ९१ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ३७ लाख २२ हजार संकलन भएको सूचना अधिकारी पौडेलले बताए ।

मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु ९६ करोड ४८ लाख ५९ हजार संकलन भएको छ । अन्तशुल्क करतर्फ रु दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु एक अर्र्ब ४३ करोड सात लाख ४१ हजार संकलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।

कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि रु १३ हजार संकलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा रु चार अर्ब ५० करोड १० लाख ५४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा रु पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत राजस्व संकलन भएको थियो ।

सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाए । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले रु चार अर्ब ७६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...