चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो ।
उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् ।
सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिने भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




