जि.सी.को घोषणा पत्र सार्वजनिक,नागरिक माझ गरेको संकल्प पूरा गर्ने प्रतिबद्धता
पोखरा । स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका लागि ‘लालटीन’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएकी जि.सी.ले शुक्रबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् ।
घरेलु हिंसा तथा बाल दुराचार मुक्त, भ्रष्टाचार रहित आधुनिक साँस्कृतिक नेपाल (ःयचमभचल ऋगतिगचब िल्भउब)ि निर्माण गर्ने मूख्य उद्देश्य लिएर चुनावमा होमिएकी जि.सी.ले आफू विजयी भए नीति निर्माणको तह र विकास कार्यमा आफ्नो योगदान रहने प्रतिबद्धता जनाएकी छन् ।
उनले आफ्नो घोषणा पत्रमार्फत् सामाजिक सांस्कृतिक तथा शिक्षा क्षेत्रमा, स्वास्थ्य, सुरक्षा र रोजगारीका क्षेत्रमा, आर्थिक क्षेत्र, राजनीतिक क्षेत्र, पर्यावरण, आध्यात्मिक क्षेत्र र भौतिक तथा संचारको क्षेत्रमा आफ्नो भूमिका रहने प्रतिबद्धता जनाएकी छन् ।
आफू विजयी भए ज्येष्ठ नागरिकलाई योग, ध्यानसहितको मनोरञ्जन पार्क वडा–वडामा बनाइने, वर्गीय आधारमा गरीबीको रेखामुनि रहेका सबै जात, धर्म, लिंङ्गका नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारलगायत सम्पूर्ण मौलिक अधिकारहरुको व्यवहारिक रुपमा सुनिश्चितता गराइने प्रतिबद्धता जनाएकी छन् ।

त्यस्तै, बाझो जमिनलाई प्रयोग गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीति बनाउने, गरिबी निवारणका लागि पर्यटन, कृषि र सञ्चार क्षेत्रको समुचित परिचालन गर्ने नीति बनाइने, जडिबुटी प्रशोधन गर्ने उद्योगहरुको स्थापना गरिने, घरेलु उद्योगहरुको विकास गर्ने नीति बनाइने बताएकी छन् ।
पोखरेली जनतामाझ महत्वपूर्ण प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको भन्दै जि.सी.ले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिने प्रतिबद्धता जनाइन् । साथै उनले आफूले जनतामाझ गरेको संकल्प पूरा गरी छाड्ने प्रतिबद्धता जनाउदै एकपटक विश्वास गरि भोट गर्न आग्रह गरेकी छन् ।
चुनाव जितेसकेपछि नागरिकको गुनासो तथा समास्याबारे वास्ता नगर्ने पार्टीका पुराना नेताबाट देश पटक–पटक ठगिएको भन्दै अब नागरिकहरु एकजुट भई स्वतन्त्र उम्मेदवारलाई जिताउनु सबैको कर्तव्य रहेको बताएकी छन् ।
ताजा अपडेट
-
१.
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
-
२.
वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
-
३.
होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव
-
४.
होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
-
५.
यस्तो रहनेछ आजको मौसम
ट्रेन्डिङ
-
१.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
२.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तरराष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत...
होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा/होली पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र...
होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा ९होली०ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना...
आज मध्यरातिदेखि मौनअवधि, प्रचारप्रसारको अन्तिम दिन
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि कसैको...




