अर्थ

अटो डिलर व्यवसायीले बुझाए बर्तमान समस्या समाधान गर्न नाडालाई ध्यानाकर्षण पत्र

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको वर्तमान समस्याको समाधानका लागि आवश्यक पहलका लागि अटो आयातकर्ता कम्पनीका डिलरहरुले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई ध्यानाकर्षण गराएका छन् ।

नाडाको समेत सदस्य रहेका काठमाडौं उपत्यकामा रहेका स्वतन्त्र अटो डिलर व्यवसायीहरुले नाडा उपाध्यक्ष सुनिल रिजाललाई यस सम्बन्धी ध्यानाकर्षण पत्र समेत बुझाएका हुन् ।

हाल नाडा अध्यक्ष ध्रुव थापा पोखरामा रहेको कारण सो पत्र उपाध्यक्ष सुनिल रिजालले बुझेका थिए । उपाध्यक्ष रिजालले नाडा सदैव व्यवसायीकै पक्षमा रहेको र सबै एकजुट भएर आगामी दिनमा अगाडि बढ्ने बताएका छन् ।

सो समूहमा रहेका एक सदस्यका अनुसार आगामी मंसिर १५ गते देखि आवश्यक कार्य गर्नेगरी तयारी गर्न नाडालाई उनीहरुले आग्रह गरेका छन् ।

विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले आगामी मंसिर २८ गते सम्मका लागि विभिन्न प्रकारका सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ ।

त्यसैगरी, बैंकको ब्याजदर धेरै भएका कारण व्यवसायमा समस्या छ । उनीहरुले यी सबै समस्या समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गर्न वा आवश्यकता अनुसार आन्दोलन गर्नका लागि समेत आवश्यक तयारी गर्न आग्रह गरेको बताइएको छ ।यदि आफ्नो माग वेवास्ता गरे नाडा छोड्न समेत तयार रहेको उनीहरुको भनाइ छ ।

बैंकको बढ्दो ब्याज र अटोमोबाइल आयातमा लगाइएको प्रतिबन्धका कारण हाल गाडी आयातकर्ता कम्पनीहरुका साथै डिलरहरु समेत कठिन अवस्थामा छन् । यसका कारण कतिपय शोरुम नै बन्द भइसकेका छन् भने कतिपयले कर्मचारीलाई बिदा दिएका छन् ।

 

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...