चर्चित गीत ‘विदेश जाने मायालु’को भिडियो रिमेक सार्वजनिक (भिडियो सहित)
पोखरा । ४० को दशकको चर्चित गीत ‘विदेश जाने मायालु’ बोलको म्युजिक भिडियो रिमेकसहित बजारमा आएको छ। कुनै बेला नेपाली संगीत पारखीको रोजाइमा पर्न सफल गीतलाई झण्डै चार दशकको अन्तरलाल पछि निर्देशक रोहन नेपालीले भिडियो तयार पारेका छन्।
लिजेण्ड गायक, कम्पोजर, एरेञ्जर, गिटारिस्ट दीपक थापाको स्वरमा कुनै समय स्रोताको मनमा बस्न सफल गीतलाई पोखरामा भिडियोसहित गायक थापाको उपस्थितिमा बिमोचन गरिएको छ । थापाले आफ्नै स्वरमा रेकर्ड गरिएको गीतलाई नयाँ पुस्तामाझ पस्किएका हुन्।
म्युजिक भिडियोलाई पछिल्लो समयका चल्तीका निर्देशक रोहन नेपालीले पोखरामै तयार पारेका हुन्। भिडियोमा गायक थापासँगै भगवती मल्ल, विशाल सारुमगर, सपना क्षेत्री, एरिशा गुरुङ र अनमोल रानाको अभिनय रहेको छ।
पोखरा आसपासको सुन्दर ठाउँमा छायांकन गरिएको भिडियोलाई मिलन शंकरले कलात्मक रुपमा खिचेका छन्। ‘विदेश जाने मायालु’लाई भिडियोमा पनि तीन पुस्ताको प्रेम कहानीलाई देखाइएको छ। भिडियोको बिमोचन कार्यक्रममा बोल्दै गायक थापाले पुरानो पुस्ताको स्रोतामाझ परिचित गीतलाई फेरि नयाँ पुस्तासँग परिचित हुने आशमा भिडियो ल्याएको बताए।
उनले ‘विदेश जाने मायालु’ आफ्नै कथा भएको पनि सुनाए। उनले भने,ु सबैको मायाको आशासहित भिडियो आएको छ। अहिलेको जेनेरेसनले चिन्ला कि भनेर ल्याए। अबको जेनेरेसनले सुन्यो भने मेरो गीत अमर लाग्नेछ, मिठो लाग्नेछ।’
बिमोचन कार्यक्रममा गायक विनोद बानियाले पोखराले पनि राम्रो काम गर्न सक्छ भन्ने कुरालाई ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो हेरेपछि धेरैलाई थाहा हुने बताए। गायक बानियाले यस्ता खालका भिडियोले सांगीतिक क्षेत्रलाई पनि सकारात्मक फाइदा पुग्ने बताएका छन्।
निर्देशक रोहन नेपालीले लिजेण्ड गीतलाई आफ्नो निर्देशनमा तयार पार्न पाउदा खुशी लागेको बताउदै गीतको बोल अनुसार नै आफुले भिडियो बनाएको बताए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




