आजको सेयर बजार : नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौं । धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ ।
आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका छन् ।
आज भएको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ३४ अंकले बढेको छ भने बैंकिङ समूह १७ दशमलव ४२, विकास बैंक समूह ३० दशमलव ८०, वित्त समूह १९ दशमलव ९९,जलविद्युत् समूह १२ दशमलव ३४ अंकले घटेको छ ।
त्यस्तै व्यापार समूह शून्य दशमलव १७, जीवन बीमा समूह ८३ दशमलव ६४, उत्पादन समूहको उपसूचक ५५ दशमलव ४९, लघुवित्त समूह नौ दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूहको उपसूचक ३६ दशमलव ६०, अन्य समूह १० दशमलव ०६ तथा लगानी समूह १८ दशमलव २७ अंकले घटेको छ ।
आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०९ प्रतिशतले बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक सेयर रु ६७ करोड दुई लाख ९३ हजार बराबरको ५१ लाख कित्ता सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




