नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै
काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ ।
एसिया रग्बी संघको आयोजना तथा नेपाल रग्बी संघीको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहनेछ । पुरुषतर्फ नेपालसहित चाइनिज ताइपेइ, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, भारत र बङ्गलादेशको सहभागिता रहनेछ । यसैगरी महिलातर्फ नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डको सहभागिता रहनेछ ।
उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि भारतीय टोली सोमबार नै नेपाल आइसकेको छ । नेपालको यू-१८ टोलीले करिब डेढ महिनादेखि हेटौँडाको रङ्गशालामा तयारी गरिरहेको संघका अध्यक्ष देवकोटाले जानकारी दए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




