अर्थ

नेप्सेमा उच्च अंकको गिरावट, १ अर्ब १० करोडको कारोबार

काठमाडाैं । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अंकले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अंकमा कायम भएको छ ।

आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८० कम्पनीको मूल्य घटेको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८ दशमलव ४० अंकले र उत्पादन समूहको उपसूचक ८२ अंकले घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह ३० दशमलव ८०, विकास बैंक समूह ४७ दशमलव ९१, वित्त समूह २० दशमलव ९९ र होटल तथा पर्यटन समूह २७ दशमलव ६१ अंकले घटेको छ ।

त्यस्तै जलविद्युत् समूह २६ दशमलव ६१, लगानी समूह शून्य दशमलव ६९, जीवन बीमा समूह ७८ दशमलव ४४, लघुवित्त समूह ५५ दशमलव ३४, म्युचुलअ फन्ड समूह शून्य दशमलव १३ र अन्य समूह २१ दशमलव ०८ अंकले घटेको छ । आजको कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य नौ दशमलव ५० अंकले बढेको छ ।

त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको रु १० करोड ९३ लाख ६७ हजार नौ सय २६ बराबरको दुई लाख तीन हजार छ सय २० कित्ता सेयर खरिद बिक्री भएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...