अर्थ

नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार

काठमाडौं । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मंगलबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद-बिक्री हुँदा रु तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा दुई सय दुई वटा कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा आठ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरु हरियो देखिएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ७२ दशमलव २१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक दुई सय ८३ दशमलव ४२, होटल तथा पर्यटन समूहको उपसूचक एक सय १७ दशमलव ०१, विकास बैंक समूहको उपसूचक सय दशमलव ३९ र जलविद्युत् समूहको उपसूचक ९५ दशमलव ३५ अंकले बढेको छ ।

आज बैंकिङ समूहको उपसूचक ३५ दशमलव ०७, वित्त समूहको उपसूचक ६७ दशमलव ७३, लगानी समूहको उपसूचक तीन दशमलव ६८, उत्पादन समूहको उपसूचक ७२ दशमलव ३७, लघुवित्त समूहको उपसूचक ५५ दशमलव ५६ र अन्य समूहको उपसूचक ३७ दशमलव ०२ अंकले बढेको छ ।

आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा लक्ष्मी बैंक लिमिटेडको सबैभन्दा धेरै रु २० करोड ९४ लाख ९० हजार पाँच सय नौ बराबरको १० लाख ७० हजार पाँच सय ९९ कित्ता सेयर खरिद-बिक्री भएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...