अर्थ

नेपालीमा भित्रियो इलेक्ट्रिक कार ‘विलिङ एयर इभी’, यस्ता छन् विशेषता

काठमाडौं । काठमाडौंको हायात रेजेन्सीमा इभी नेपाल मोटर्सले विलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ कार्यक्रम आइतबार सम्पन्न गरेको छ । इन्डोनेसियाको इभी ब्राण्ड विलिङलाई नेपाली बजारमा बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले बिक्री वितरण सुरु गरेको हो ।

कम्पनीले सय र ३ सय किमीको रेन्जमा नेपाली बजारमा विलिङ एयर इभी उपलब्ध गराएको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ र ३० लाख ९९ हजार रुपैयाँ पर्छ । नेपाली बजारमा सस्तो मूल्यमा सुविधा सम्पन्न र ब्राण्डेड इभी गाडी भित्र्याउन आफूहरु सफल भएको कम्पनीका प्रवन्ध निर्देशक प्रकाश बज्राचार्यले बताए । यो गाडी विभिन्न पाँच रंगहरुमा उपलब्ध छ ।

नेपालमा आएका इभी मध्ये उत्कृष्ट र राम्रो क्वालिटीको कार विलिङ रहेको कम्पनीको दावी छ । नेपालीलाई नै मध्यनजर गरी बनाइएको हुनाले पनि यो मोडल नेपाली बजारमा धेरैको रोजाईमा पर्ने कम्पनीको विश्वास छ । कम बजेटमा राम्रो क्वालिटीको इभी चढ्ने अवसर ग्राहकलाई मिलेको बज्राचार्य बताउँछन् ।

चार घन्टामा ब्याट्री फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । व्याट्रीको वारेन्टी ८ वर्ष उपलब्ध छ । ‘संसारकै बढी बिक्री हुने इभी मध्येमा पर्ने विलिङ एयर इभी नेपाली बजारमा पनि लोकप्रिय हुनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हेर्दा सानो भएपनि सुविधा सम्पन्न, आरामदायी र भरपर्दो छ । यो गाडी कम्प्लिट फेमिली कार हो ।’

कम्पनीको शोरुम नक्सालमा छ । आगामी दिनमा देशभर डिलर सञ्जाल विस्तार गर्ने बज्राचार्यले जानकारी दिए । नेपाललाई धुवाधुलोरहित बनाउने सोचका साथ इभी नेपाल मोटर्स अगाडि बढेको र ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साही बनेको बज्राचार्य बताउँछन् ।

अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा वुलिङ ईभी छ । आधारभूत आवश्यकतालाई पुरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउन आफूहरु सफल रहेको कम्पनीले जनाएको छ ।

सहजै ब्याट्रि चार्ज गर्न सकिने, मर्मत खर्च अत्यन्तै न्युन, सेफ्टी फिचर्स, भ्वाइस कमान्डिङ, रिमोट कि लगायतका विशेषता यो गाडीमा उपलब्ध छन् । सहज फाइनान्स सुविधा उपलब्ध रहेको र २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्न सकिने कम्पनीका जनरल म्यानेजर नवराज कोइरालाले जानकारी दिए । नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गर्दै आएको बज्र ग्रुपले हालै चारप्राङग्रे इभी भित्र्याएको हो ।

 

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...