कालिञ्चोक दर्शन लिमिटेडको आइपिओ खुला
काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।
त्यसैगरी, दुई प्रतिशतले हुने २१ हजार छ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । निष्कासन गरिने शेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौसय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ ।
ताजा अपडेट
-
१.
काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ
-
२.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
-
३.
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
-
४.
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
-
५.
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
ट्रेन्डिङ
सम्बन्धित समाचार
भाले चिराइतो
ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...
उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र
काठमाडौँ। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र यसपटक पनि काठमाडौँ १ बाट उम्मेदवार छन्। उनी यसअघि २ पटक सोही क्षेत्रबाट...
माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)
काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको...
नमूना मतपत्र
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा प्रत्यक्षतर्फको नमुना मतपत्र छाप्दै कर्मचारीहरु तस्बिरहरू...




