अर्थ

गहुँ आयात नहुँदा नेपालका व्यवसायीहरु मारमा

सुरेन्द्र पौडेल, काठमाडौं । भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा र आँटा नपाउने र पाएपनि शतप्रतिशत भन्दा बढी मूल्य बृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन् ।

विशेष गरी विस्कुट, कुकिज, चाउचाउ उत्पादन गर्ने उद्योगहरु र मैदा तथा आँटा खपत गर्ने तन्दुरी, होटल र रेष्टुरेन्ट व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् । भारतले ५० हजार मेट्रिकटन गहुँ नेपाल निर्यात गर्न दिने निर्णय गरेको थियो । नेपालले ३० हजार मेट्रिकटन गहुँ मात्रै आयात गर्न दिने निर्णय गरेको छ । ३० हजार मेट्रिकटन गहुँ पनि नेपालका मैदा उद्योगले मात्रै आयात गर्न पाउनेछन् । भारतबाट गहुँ आयात सहज नहुँदा बजारमा गहुँ र मैदाजन्य पदार्थको चरम अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल विस्कुट उत्पादक संघका अध्यक्ष ओमनाथ महर्जनले मैदाको अभावले अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । ‘अधिकांश उद्योग बन्द हुने अवस्थामा पुगिसकेका छन् । चलेका उद्योगले पनि उत्पादन समय घटाइरहेका छन्,’ उनले भने, ‘अब सरकारले छिट्टै गहुँ उत्पादन सहज बनाउन आवश्यक छ ।’ मैदा अभाव भइरहँदा अब छिट्टै विस्कुट उद्योगहरु बन्द हुने उनले बताए ।

भारतबाट सहज रुपमा गहुँ आयातको वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने व्यवसायीहरुको माग छ । नेपाल विस्कुट उत्पादक संघका अध्यक्ष ओमनाथ महर्जनसँगै नेपाल चाउचाउ उत्पादक संघका अमित राठी, कुकिज उत्पादक संघका पशुपती भुसाल, तन्दुरी व्यवसायी संघका खिमानन्द बस्याल लगायतले गहुँ आयातलाई सहज बनाउन सामुहिक आग्रह गरेका छन् ।

गहुँसँग निर्भर रहेका उद्योगहरु बन्द हुँदा लाखौँको रोजागारी गुम्ने अवस्था सिर्जना हुने बताउँदै व्यवसायीहरुले राज्यले त्यसतर्फ चासो दिनुपर्ने माग गरेका छन् । उद्योगहरु बन्दा हुँदा रोजगारी गुम्नेसँगै राज्यको राजश्वमा पनि भारी गिरावट आउने विस्कुट उत्पादक संघका महासचिव विक्रम कर्माचार्यले बताए ।

‘मैदा अभावले विस्कुट, कुकिज, चाउचाउ उद्योगसँगै आम उपभोक्ताहरु मर्कामा परेका छन्,’ उनले भने, ‘मैदा आयात सहज बनाउनुको विकल्प छैन ।’ गहुँ तथा मैदा आयात सहज नहुँदा मूल्य बृद्धि आकाशिएको त्यसको प्रत्यक्ष मारमा आम उपभोक्ता परिरहेको व्यवसायीहरुले बताएका छन् ।

‘मैदाको रोटी खाने मानिसहरुले त्यसको विकल्पमा चामल प्रयोग गर्नुपर्ने दिन आउँदैछ । आगामी दिनमा चामलको मूल्य पनि बढ्नेछ । त्यसैले सरकारले समयमा नै यस विषयमा चासो दिन आवश्यक छ,’ कुकिज उत्पादक संघका पशुपती भुसालले भने ।

नेपालमा करिब १८ वटा विस्कुट उद्योग, ३० वटा कुकिज उद्योग र ९ वटा चाउचाउ उद्योग छन् ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...