‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी
भरतपुर । चितवनस्थित नेपाल टेलिकमको अगाडि रहेको प्रदर्शनी केन्द्रमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भएको एक्स्पोमा अवलोकनकर्ताको आकर्षण देखिएको आयोजकको भनाइ छ ।
एक्स्पोमा बिएम डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ ब्राण्डको सहभागिता छ । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु तथा स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न एक्स्पो आयोजना गरिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

स्वदेशी जुत्ता चप्पलका चर्चित ब्राण्डहरुको सहभागितामा एक्स्पो आयोजना गरिएको हो । स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने लक्ष्यसहित एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ । मेलामा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको आयोजकको भनाइ छ ।
स्कुल सुज, कलेज सुज, स्पोर्टस सुज, पार्टी सुज लगायत ग्राहकको आवश्यकता अनुसारका सम्पूर्ण प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक सुरज बन्जाडेले बताए । ‘मेलामा चितवन आसपासका क्षेत्रका सर्वसाधरणको आकर्षण देखिएको छ । आगामी दिनमा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं ।’ सस्तो मूल्यमा राम्रो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले चितवनबासी एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने आयोजकको विश्वास छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने
काठमाडौँ। मध्यपूर्वमा देखिएको तनावका कारण स्थगित भएको नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने भएको छ। नेपाल एयरलाइन्सले बुधबार...
महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा
काठमाडौँ। नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी...
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
काठमाडौँ। मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...
नेप्सेमा गिरावट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...




