काठमाडौँ। पूर्वउपप्रधानमन्त्री भीम रावल कोशी प्रदेशस्थित विराटनगर पुगेका छन्। उनी आफ्नो ‘मातृभूमि जागरण अभियान’ लिएर विराटनगर पुगेका हुन्। अभियानको सन्दर्भमा पूर्व लागेका रावलले एमाले अध्यक्ष ओलीको भण्डाफोर गर्ने तयारी गरेका छन्।
कोशी ओलीको गृह प्रदेश हो। अभियान लिएर रावल पनि झापा पुग्ने उनी निकट नेताहरूको भनाइ छ। यसअघि एमालेले उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको थियो। उनी नयाँ दल बनाउने अभियानमा छन्। यसैसन्दर्भमा उनी आज अभियान लिएर पूर्व लागेका हुन्।