एलिट कपका दुवै खेल नतिजाविहीन
काठमाडौँ। जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल नतिजाविहीन बनेका छन्। पर्सामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले निर्धारित समयमा ४२ ओभरको खेल खेलेर ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल नतिजा विहीन बन्यो।
यता, मधेशले दिएको १६४ रनको लक्ष्यमा जबाफी ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रन बनाउँदा बराबरी बनेको हो। पुलिसका अमित श्रेष्ठले सर्वाधिक ३६ रन जोडे। आर्मीले पहिलो पारीमा १२१ र दोस्रो पारीमा १७५ रन बनाएको थियो। पुलिसले पहिलो पारीमा १२५ रन बनाएको थियो।
अर्को खेलमा मधेश प्रदेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित समयमा २० ओभर खेल्दै ६ विकेट गुमाएर ९७ रन जोड्यो। बागमतीका ओपनर रित गौतमले सर्वाधिक २५ रन बनाए।
पहिलो पारीमा १०२ रनमा रोकिएको मधेशले दोस्रो पारीमा २११ रन बनाएको थियो । मधेशका मायन यादवले शतक प्रहार गरेका थिए । पहिलो पारीमा बागमती १५० रन बनाएको थियो ।
अब बुधबार र बिहीबार पर्सामा नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




