
चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मंगलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पछिल्लो अपडेटअनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । भूकम्पले तिब्बतको निकै विकट क्षेत्रमा १ हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ । राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
प्रारम्भिक सर्वेक्षण अनुसार ३ हजार ६०९ घरहरू भत्किएका छन् भने सिगाजेको सहरमा मात्रै ४०७ जनालाई उद्धार गरिएको छ। ३० हजारभन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ। एजेन्सीबाट