समाचार

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुग्दा घाइते कति पुगे?

चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मंगलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पछिल्लो अपडेटअनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । भूकम्पले तिब्बतको निकै विकट क्षेत्रमा १ हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ । राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

प्रारम्भिक सर्वेक्षण अनुसार ३ हजार ६०९ घरहरू भत्किएका छन् भने सिगाजेको सहरमा मात्रै ४०७ जनालाई उद्धार गरिएको छ। ३० हजारभन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ। एजेन्सीबाट

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...