आज शनिबार, कस्तो छ हजुरको भाग्यफल हेर्नुहोस्
मेष : लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।
वृष : लामो समयदेखि रोकिएका कामको पुनस् योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। ।
मिथुन : भोजभतेरमा सहभागी हुनुपर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। व्यापारबाट फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।
सिंह : चिताएको कामले तीव्रता लिनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मान प्रतिष्ठामा वृद्धि होला। व्यापार व्यवसायबाट फाइदै फाइदा छ।
कन्या : धर्मकर्ममा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। वैचारिक मनमुटाव बढ्नेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ विशेष ख्याल गर्नुहोला। मन्दिरको दर्शन भने अवश्य हुनेछ।
वृश्चिक : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला।
धनु : सभासमारोहमा सरिक हुने सम्भावना छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।
मकर : रोकिएको कामले चिन्ता बढाउनेछ। चुनौतीसमेत सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला।
कुम्भ : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाव हुन सक्छ। अनावश्यक र फजुलमा खर्च बढ्नेछ।
मीन : कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। समाजिक कार्यमा मन जाला। वैदेशिक कार्य अघि बढ्नेछ।
कर्ममा विश्वास गरौँ
ताजा अपडेट
-
१.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
-
२.
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
-
३.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
४.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
५.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
आजदेखि मौसमी गतिविधि बढ्ने
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको...
सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते
सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...
सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा
रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...
पोखरीमा मृत भेटिएको शवको भएन सनाखत
सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...




