बुधबार, माघ २३, २०८१
English
Follow us:

आज शनिबार, कस्तो छ हजुरको भाग्यफल हेर्नुहोस्

आज शनिबार, कस्तो छ हजुरको भाग्यफल हेर्नुहोस्

  • खबर सेवा

  • शनिबार, पुस २७, २०८१

  • 33
    SHARES
आज शनिबार, कस्तो छ हजुरको भाग्यफल हेर्नुहोस्

मेष : लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

वृष : लामो समयदेखि रोकिएका कामको पुनस् योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। ।

मिथुन : भोजभतेरमा सहभागी हुनुपर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। व्यापारबाट फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

सिंह : चिताएको कामले तीव्रता लिनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मान प्रतिष्ठामा वृद्धि होला। व्यापार व्यवसायबाट फाइदै फाइदा छ।

कन्या : धर्मकर्ममा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। वैचारिक मनमुटाव बढ्नेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ विशेष ख्याल गर्नुहोला। मन्दिरको दर्शन भने अवश्य हुनेछ।

वृश्चिक : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला।

धनु : सभासमारोहमा सरिक हुने सम्भावना छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।

मकर : रोकिएको कामले चिन्ता बढाउनेछ। चुनौतीसमेत सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला।

कुम्भ : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाव हुन सक्छ। अनावश्यक र फजुलमा खर्च बढ्नेछ।

मीन : कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। समाजिक कार्यमा मन जाला। वैदेशिक कार्य अघि बढ्नेछ।

कर्ममा विश्वास गरौँ

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology