समाचार

काठमाडौँका यी स्थानमा जाने छ वत्ती?

काठमाडौँ। काठमाडौंका विभिन्न स्थानमा आज चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचना अनुसार रत्नपार्क वितरण केन्द्र र बलम्बु सहायक वितरण केन्द्र अन्तर्गतका विभिन्न फिडरहरू सटडाउनमा राख्नुपर्ने भएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरुमा विद्युत सेवा अवरूद्ध हुने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको चारवटा फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। क्षेत्रपाटी फिडर, टेकु थापाथली फिडर, टेकु त्रिपुरेश्वर फिडर र थापाथली फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत लाइन मर्मत तथा विस्तार गर्नका लागि ती फिडरहरू सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

क्षेत्रपाटी फिडर अन्तर्गत क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्र, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्र,त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विजुली कटौती हुने सूचनामा उल्लेख छ ।

थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म विद्युत अवरूद्ध रहनेछ।

सम्बन्धित समाचार

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

काठमाडौं। डडेल्धुरामा हिजो साँझ भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक...