अनिताको कप्तानी प्रदर्शनले विभागीय डर्बीमा एपीएफको सानदार जित
काठमाडौं। एन्फा महिला लिगमा अनिता बस्नेतको कप्तानी खेलका बाबजुत एपीएफ क्लवले त्रिभुवन आर्मीमाथि सानदार जित निकालेको छ। शनिबार विंगर अनिताको एक गोल र दुई असिस्टप्रेरित एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा एपिएफले त्रिभुवन आर्मीलाई ३-१ ले हरायो।
जितसँगै एपीएफ चार खेलमा स्पष्ट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। आर्मीको यो पहिलो हार हो। चार खेलमा आर्मी सात अंक जोड्दै दोस्रो स्थानमा छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमामा खेलको ६०औं मिनेटमा एपीएफले बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई सदुपयोग गर्यो। लेफ्ट साइडबाट अनिताको प्रहारलाई रक्षक निशा थोकरले हेडमार्फत जाली चुमाइन्।
तर, एपीएफको यो अग्रता धेरै बेर टिक्न सकेन। ६९औं मिनेटमा आर्मीले पनि सेटपीस अवसरलाई गोलमा परिणत गर्यो। विंगर विमला चौधरीको कर्नरमा रक्षक विमला थापाले अनियन्त्रित विपक्षी रक्षापङ्क्तिको फाइदा उठाउँदै पहिलो बारमा सुन्दर गोल गरिन्।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई अनिताले सदुपयोग गरेपछि एपीएफले फेरि अग्रता लियो। यसपालि उनको प्रहार बारमा रहेका विपक्षी खेलाडीलाई लाग्दै सोझै गोलमा परिणत भयो।
इन्जुरी समयमा अनिताकै पासमा मिडफिल्डर प्रीति राईले बक्स बाहिरबाट दर्शनीय गोल गरेपछि एपिएफले तीन अंक सुनिश्चित गर्यो। प्रीतिले मध्य क्रसबारको ठिक तल बललाई जाली चुमाएकी थिइन्। यसअघि बिहीबार अनिताको ह्याट्रिकप्रेरित एपिएफले नेपाल पुलिसलाई ६९० ले हराएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




