समाचार

कस्तो छ आजको दिनदैनिकी राशिफल, हेर्नुहोस्

आज आइतबार, २८ पुस २०८१ ९१२ जनवरी २०२५०

मेष : सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला।

वृष : झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ। यात्रामा मालसामान हराउन सक्छ।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। स्वादिष्ट भोजन पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ।

कर्कट : पारिवारिक भेटघाटमा रमाइनेछ। मान प्रतिष्ठामा वृद्धि होला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

सिंह : दिन रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। मानको डर हराएर जानेछ। रमणीय र सुखद् यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा बाधा आउनसक्छ। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ सचेत रहनुहोला तर मान्यजनको आशीर्वादले काम गर्नेछ।

तुला : दिन हाँसखेल समय हो। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।

वृश्चिक : रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुनसक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू बिस्तारै अघि बढ्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

मकर : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनसक्छ। अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ।

कुम्भ : कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ।

मीन : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। हर्ष र प्रसन्नताबीच समय व्यतीत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...