खेलकुद

नेपाली महिला क्रिकेट टिमले नेदरल्यान्ड्स र थाइल्यान्डसँग ३-३ खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले घरेलु मैदानमा त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको हो।

माघ १७ देखि २५ गतेसम्म हुने शृङ्खलाका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले पहिलो दिन नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ। प्रतियोगितामा हरेक टोलीले एक अर्का विरुद्ध ३–३ खेल खेल्ने छन्। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

गत जुलाईमा एसिया कप खेलेको नेपाली महिला टोलीले त्यसपछि कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन। घरेलु मैदानमा भने नेपालका लागि यो दोस्रो शृङ्खला हो। यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...