समाचार

हेर्नुहोस् आजको दिनको भाग्यफल

आज सोमबार, २९ पुस २०८१ को राशिफल

मेष : शुभ समाचार सुन्नमा आउला। नयाँ कामको थालनी हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा बढी सफलता मिल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता हात लाग्नेछ।

वृष : लाभहानि बराबर हुनेछ। अधिकार प्राप्तिका लागि निकै नै संघर्ष गर्नु पर्ला। घरायसी व्यवहारबाट टाढै बस्नु बेस हुन्छ। मेहनतीहरूका लागि दिन फलदायी नै छ। यात्रा भने सामान्य रहनेछ।

मिथुन : सामाजिक क्षेत्रमा हात अघि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

कर्कट : आफन्तको प्रगतिमा मन रमाउनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मुद्दा मामिलामा विजय प्राप्त हुनेछ। सेयर बजारबाट राम्रै फाइदा मिल्ला।

सिंह : साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम सम्बन्ध उचाइमा पुग्नेछ। सेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ।

कन्या : आयव्यय बराबरी हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। विचार गरेर बोल्नु र निर्णय लिनु उचित हुन्छ। साँझमा भने लाभदायक यात्रा हुन सक्छ।

तुला : स्थान परिवर्तन हुन सक्छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। शुभकार्यमा सहभागिता जनाइनेछ। सजिलै अरूको विश्वास जित्न सकिएला। आकस्मिक धनलाभ हुनेछ। परिवारसँग रमाइलो भेटघाट होला।

वृश्चिक : रोकिएको काम फत्ते हुनेछ। रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

धनु : आफन्तसँग रमाइलो भेटघाट हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। धार्मिक कार्यमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

मकर : आहारविहारमा सावधानी अपनाउनु पर्नेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला। साँझमा साथीभाइको साथ सहयोग मिल्दा मन प्रसन्न रहनेछ।

कुम्भ : भाग्यले विभिन्न अवसर जुराउनेछ। प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ। स्वास्थ्यमा सुधार आउला। धनार्जनका नयाँ योजना बन्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

मीन : पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नोकरीबाट मानसम्मान मिल्नेछ। रोकिएको धनमाल हात पर्न सक्छ।

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...