बुधबार, माघ २३, २०८१
English
Follow us:

‘एल क्लासिको’मा बार्सिलोनाको धमाका, चुम्यो सुपरकपको उपाधि

‘एल क्लासिको’मा बार्सिलोनाको धमाका, चुम्यो सुपरकपको उपाधि

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 33
    SHARES
‘एल क्लासिको’मा बार्सिलोनाको धमाका, चुम्यो सुपरकपको उपाधि

काठमाडौँ। साविक विजेता रियल मड्रिडलाई पराजित गर्दै क्याटलान क्लव बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। साविक विजेता रियल मड्रिडलाई पराजित गर्दै क्याटलान क्लव बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ।

आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो। खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए। ३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए। एक गोल एलेजान्ड्रो बाल्डेले गरे।

खेलको ५६ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। त्यसकै फाइदा उठाउँदै रोड्रिगोेले बार्सिलोनाका लागि गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले १५ औँ पटक उपाधि उचाल्न सफल भयो। योसँगै बार्सिलोनाले अघिल्लो सिजन फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। रियलले भने बार्सिलोनालाई हराउँदै उपाधि बराबरी गर्ने सुन्दर मौका गुमाएको छ।

रियलले भने १३ पटक उपाधि जित्दा ७ पटक उपविजेतामा सिमिति बनेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology