राजनीति

काठमाडौँ अदालतमा हुँदैछ रविलाई थुन्ने कि छाड्ने बहस

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुन्ने कि छाड्ने बहस जिल्ला अदालत काठमाडौँमा आजदेखि हुँदैछ। यसलाई अदालती भाषामा थुनछेक बहस भनिन्छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए। त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो।

तर समय अभाव भन्दै न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए। हाल लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्।
अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...