कला

थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण हेटौँडामा

काठमाडौँ। थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ। मकवानपुरस्थित थाहा नगरपालिकाको बज्रबाराहीमा रहेको सुमार्गी भवनमा पूर्वगृह राज्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उद्‌घाटन गरे।

उद्‌घाटनमा बानियाँले डकुमेन्ट्री ञयो जिन्दगी खै के जिन्दगीझ प्ले गर्दै फेस्टिभल शुभारम्भ गरे। थाहा कला केन्द्रको आयोजनामा भएको महोत्सवको पहिलो दिन सर्ट फिल्म छेसाङ, द रूप अफ होप र फिचर फिल्महरू पखेटा, बाटो देखाइएको थियो।

त्यसैगरी ‘नेपाली फिल्मको विविधता’ शीर्षकमा निर्देशक सुलक्षण भारती र कलाकार नवीन न्यौपानेले अन्तर्किया गरेका थिए। फेस्टिभलका संयोजक प्रमोद कृष्ण जोशीले पर्यटकीय गन्तव्य को रुपमा परिचित थाहा नगरपालिकालाई फिल्म छायांकनका रूपमा विकास गर्नुपर्ने भएकाले यो फेस्टिभलमा सबैले साथ दिनुपर्ने बताए।

थाहा नगपालिकाभित्र हालसम्म कुनै फिल्म हल सञ्चालन नभएपछि नेपाली फिल्म हेर्न नपाउने दर्शकलाई लक्ष्य गरेर आयोजना गरिएको आयोजकको दाबी छ।कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीका रूपमा विकास गर्न सहयोग पुर्‍याउने उद्देश्य रहेको सुनाए। फेस्टिभल माघ १ गते मंगलबारसम्म सञ्चालन हुनेछ।

फेस्टिभल अवधीभर सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म प्रदर्शन गरिनेछन्।

सम्बन्धित समाचार

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...