
काठमाडौँ। केही बेरअघि काठमाडौँ उपत्यकासहित नेपालमा धक्का महसुस भएको भूकम्प यसअघिकै भूकम्पको पराकम्प रहेको पुष्टि रहेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो। चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ। यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो।