एन्फा महिला लिग ; पुलिससँग वालिङ तेस्रो पटक स्तब्ध
काठमाडौं। एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो।
एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो।
कमजोर वालिङ विरुद्ध २८औं मिनेटमा पुलिसले दोस्रो गोल गर्यो। निरुको असिस्टमा अनुष्का शेर्पाले उत्कृष्ट गोल गरिन्। ३२ औं मिनेटमा अमृता जैसीको लङ पासमा पूजा रानाले गोल गरिन्। यसपछि ४३ औं मिनेटमा वालिङकी धन बोहराले आत्मघाती गोल उपहार दिइन्। यो सँगै पहिलो हाफमा पुलिसले ४-० अग्रता बनायो।
दोस्रो हाफमा पुलिसले थप गोल गर्न सकेन। यता ८५औं मिनेटमा यशोदा कुमारी चिरालले गोल किपर उषा नाथ अगाडि बढेको बेला गोल गरिन्। अन्तिम चरणमा वालिङले गरेको यो पहिलो गोल समेत बनेको छ। पुलिसले दोस्रो चरणमा वालिङलाई २-० ले र अन्तिम चरणको पहिलो लेगमा ५-० ले हराएको थियो।
पुलिसको यो तेस्रो जित हो। उसले ५ खेलबाट १० अंक बनाएको छ र तेस्रो स्थानमा कायम छ। पहिलो लेगमा एपीएफसँग हारेको पुलिसले आर्मीसँग बाराबरी खेलेको थियो। बागमती र वालिङ विरुद्ध भने जित दर्ज गरेको छ।
वालिङको यो लगातार पाँचौं हार हो। उसले अंकको खाता खोल्न सकेको छैन। ४ खेल जितेको एपीएफसँग १२ अंक रहँदा त्रिभुवन आर्मी फुटबल क्लबले पनि पुलिसले जतिकै १० अंक बनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




